१९ माघ २०७९, बिहीबार 1675326378
Banner

नेपाली काँग्रेसले १०० सिट नपाए बिद्रोह गर्छ : शेखर कोइराला

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट पार्टीले नपाएमा विद्रोह हुन सक्ने बताउनुभएको छ ।


बिहीबार जनकपुरधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै उहाँले कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न १०० सिट चाहिने र त्यति संख्यामा सिट नपाएमा विद्रोह हुन सक्ने धारणा राख्नुभएको हो ।

‘बहुमत बनाउन त कम्तीमा पनि १०० सिट त लिनुपर्‍यो । नत्र बहुमत कहाँबाट बन्छ ? अन्य दलहरु १०० सिट दिने पक्षमा हुनुहुन्न ।‘१६५ सिटमा हामी उठ्यौं भने आकांक्षी नपुग्ने अवस्था छ’ कोइरालाले भन्नुभयो । उहाँले भन्नुभयो, हामी गठबन्धनमा छौं । गठबन्धन एकदमै विचित्रको छ । हामी प्रजातान्त्रिक विचार राख्छौं । गठबन्धनमा भएका कुनै दलसँग हाम्रो विचार मिल्दैन । तालमेल गर्दा धेरै सिट छोड्नुपर्ने र त्यसरी सिट छोड्दा समानुपातिक निर्वाचन पद्धतितर्फको मत पनि घट्ने भन्दै नेता कोइरालाले त्यसै कारणले विद्रोह हुन सक्ने बताउनुभएको हो । ‘विद्रोह हुन सक्छ नेपाली कांग्रेसभित्र । यो कुरालाई हामीहरुले पटक पटक केन्द्रीय नेतृत्वको सामुन्ने राखेका छौं । आज र भोलि भित्र उहाँहरुले केही न केही निर्णय गर्नुपर्छ ।’