७ बैशाख २०८१, शुक्रबार 1713550865
विश्व

सिरियामा भवन भत्किँदा दश जनाको मृत्यु

सिरियाको उत्तरी सहर एलेप्पोमा बुधबार एउटा पाँच तले आवासीय भवन भत्किँदा कम्तीमा दश जनाको मृत्यु भएको छ। अल–फरदोसको छिमेकमा पर्ने स्थानमा रहेको उक्त भवन भत्किएको भग्नावशेषमा छ महिला, तीन बालबालिका र एक पुरुषको शव फेला परेको हो।

एक महिला र बालकलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।  घटनापछि अधिकारीहरूले नजिकका भवनहरू खाली गर्न लगाइएको बताइएको छ। भत्किएको भवन गैर कानूनी तरिकाबाट निर्माण भएको थियो।

सिरियामा वर्षौदेखि जारी युद्धका कारण एलेप्पो सहर ध्वस्त भएको छ। यस सहरमा शरणार्थी स्थलबाट फर्केका केही बासिन्दाहरू क्षतिग्रस्त वा आंशिक रूपमा मर्मत गरिएको भवनहरूमा बस्छन्।