७ बैशाख २०८१, शुक्रबार 1713548502
अर्थ

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।

बुधबार  प्रतितोला ९३ हजार  रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले बढेर ९३ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, महासंघका अनुसार  चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले बढ्दै एक हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार  चाँदीको मूल्य तोलामा १ हजार १ सय १० रुपैयाँ रहेको थियो ।