५ जेष्ठ २०८१, शनिबार 1716089179
Banner

हिरासतमा रहेका अपूर्व क्षितिज अस्पताल भर्ना

काठमाडौँ । हिरासमा राख्न अनुमति पाएका हास्यकालकार अपूर्व क्षितिज अस्पताल भर्ना भएका छन् । नेवाः समुदायको भावनामा ठेस पुर्‍याउने गरी प्रस्तुति दिएको आरोपमा पक्राउ परेका सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको थियो ।

अपूर्वलाई प्रहरीले १२ भदौमा पक्राउ गरेर थुनामा राखेको थियो । हालै नेवाः समुदायका अभियन्ताले उनको परिवारसँग छलफल गरेर रिहाइको प्रक्रिया अघि बढाउने सहमति गरेका थिए । कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा अभियन्ताहरुले आपत्ति जनाएका थिए । नेवार समुदायको आक्रोश बढ्न थालेपछि क्षितिजले युट्युबबाट भिडियो हटाएका थिए । फेसबुकमार्फत माफी पनि मागेका थिए ।

तर सम्पदा संरक्षण महाअभियानको नेतृत्वमा १०४ जनाको हस्ताक्षरसहित जिल्ला प्रहरी परिसर, टेकुमा किटानी जाहेरी दिएका थिए । त्यसपछि सोधपुछका लागि भन्दै बोलाइएका अपूर्व पक्राउ परेका थिए ।