७ बैशाख २०८१, शुक्रबार 1713536034
राजनीति

अस्ट्रेलियाबाट आफनो उम्मेदवारी घोषणा गरेका किरण काठमाडौं आईपुगे

काठमाडौं । अष्ट्रेलियाबाट आफ्नो उम्मेदवारी घोषणा गरेका किरण काठमाडौं आईपुगेका छन् । युवा उद्यमी इन्जिनियर किरण केसीलाई एयरपोर्टमा भव्य स्वागत भएको छ । एयरपोर्टमा शुभचिन्तक , समर्थक , मतदाता र केहि आफन्तहरुले स्वागत गरेका थिए । किरण केसीले काठमाडौं ७ को लागि उम्मेदवार घोषणा गरेका हुन । अहिले बढिरहेको स्वतन्त्रको लहर देखेर नभई पहिले देखिकै योजना अनुरुप उम्मेदवार बनेको उनले बताए । अस्ट्रेलियामा सफल उद्यम गरेर स्थापित किरण केसी माछापोखरी बसन्तनगर हिलेटोलका स्थानीयवासी हुन । जम्मा २८ वर्षका उम्मेदवार उनी राजनीतिमा प्रयोग गर्न नभई जितेर काम गर्न आएको बताउँछन ।

नेपालमै मेकानिकल इन्जिनियर पास गरेर एमबिए पढ्न अस्ट्रेलिया गएका किरण केसी उतै व्यवसाय गर्न थालेका थिए । तर देशको मायाले पोल्न थाले पछी फर्केको किरणले बताए । एयरपोर्टमा अन्तर्वार्ता दिदै किरण केसीले आफु विश्व दृष्टिकोण लिएर आएकोले आफुलाई सबैको साथ र समर्थन चाहिएको बताए । युवा उद्यमशिलताको प्रवर्धन , राजनीतिमा युवाको सहभागिता बढाउने र काठमाडौं क्षेत्र न. ७ लाई धुवाँधुलो मुक्त सहर बनाउने उनको चुनावी नारा छ ।