१२ बैशाख २०८१, बुधबार 1714011581
राजनीति

मंसिर ४ मा हुने निर्वाचनमा ५०१ जनाको चुनाव परिचालन कमिटी बनाउने अनेमसंघको निर्णय

काठमाडौं । अखिल नेपाल महिला संघले आगामी मंसिर ४ गते हुने निर्वाचनमा ५०१ जनाको चुनाव परिचालन कमिटी बनाउने निर्णय गरेको छ ।

अनेमसंघ बागमती प्रदेश कमिटीको आज बसेको बिस्तारित बैठकले उक्त निर्णय गरेको हो । पार्टीका स्थायी कमिटी सदस्य एवं अनेमसंघका इ्न्चार्ज सिता पौडेलको आतिथ्यतामा सम्पन्न बैठकमा अनेमसंघका संयोजक थममाया थापा, पुर्व इन्चार्ज गोमा देवकोटा लगायतले आ–आफना धारणा राख्नुभएको थियो । अनेमसंघ बागमती प्रदेश संयोजक सुशिला नेपालको अध्यक्षतामा बसेको बैठकमा अनेमसंघ प्रदेश सचिव एवं पार्टीका केन्द्रिय सदस्य सरस्वती बस्नेत, अनेमसंघका केन्द्रिय सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

बैठकले सदस्यता नविकरण, वितरण र चुनाव केन्द्रित छलफल चलाएको अनेमसंघका प्रचार विभाग प्रमुख सर्मिला कार्कीले बताउनुभयो ।