१९ माघ २०७९, बिहीबार 1675325189
Banner

राष्ट्रियसभाका चार समितिमा उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका चारवटा विषयगत समितिका सभापतिका लागि आज चार जनाको उम्मेदवारी परेको छ ।

सभापतिका लागि उम्मेदवारी दिनेहरुमा दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा। बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) रहनुभएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम ९१० बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि चारजना सांसदहरूको उम्मेदवारी परेको हो ।

राष्ट्रियसभाका तीनवटा समितिको सभापति फागुनदेखि रिक्त थिए भने पार्वती रावलको २ वर्षको कार्यकाल सकिएर सो समिति पनि रिक्त थियो । राष्ट्रियसभाका समिति सभापतिहरूको निर्वाचन प्रत्येक २ वर्षमा हुने निमायवलीको व्यवस्था छ ।