७ बैशाख २०८१, शुक्रबार 1713533725
राजनीति

काठमाडौ सहित १२ जिल्लाका सिडिओको सरुवा

काठमाडौ – चुनावको तयारी तिव्र रुपमा भइरहेकै बेला सरकारले विभिन्न जिल्लाका प्रम्ुख जिल्ला अधिकारीहरु फेरबदल गरेको छ । गृह मन्त्रालयले काठमाडौं उपत्यका सहित १२ वटा जिल्लाका प्रजिअहरुको सरुवा गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रजिअ घनश्याम उपाध्यायलाई सरुवा गरिएको छ । काठमाडौँका प्रजिअ गोविन्द रिजालको गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा भएको छ ।

ललितपुरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको सरुवा भएको छ ।

यसै गरी कास्कीमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ । जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईँ मन्त्रालयमा सुरुवा भएको छ भने जुम्लाको प्रजिअमा मुकेशकुमार केसरी लाई पठाइएको छ ।

मन्त्रालय स्रोतका अनुसार दैलेखको प्रजिअमा गोगनबहादुर हमाललाई पठाइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ भने पाँचथरका प्रजिअ सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथर को प्रजिअमा गणेश गैरेलाई पठाइएको छ ।

यसै गरी सङ्खुवासभाका प्रजिअ नुरहरी खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रजिअ जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभाको प्रजिअमा सरुवा गरिएको छ ।