६ बैशाख २०८१, बिहीबार 1713483348
राजनीति

भोजपुरमा एमालेले गर्‍यो उम्मेदवार सिफारिस

भोजपुर । नेकपा एमाले भोजपुरले आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय समितिको हिजो बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभाका लागि २ जनाको नाम सिफारिस गरेको छ । एमाले पोलिटब्युरो सदस्य प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई र संविधानसभा सदस्य तथा पूर्वपर्यटनमन्त्री कृपाशुर शेर्पा सिफारिसमा परेका हुन् । पुर्वमन्त्री शृपाशुर शेर्पाले आफु पहिलो नम्बरको दाबेदारी भएको बताउनुभयो । ३२ बर्ष प्रशासनिक क्षेत्रको अनुभव रहेको बताउनुहुने उहाँ कुनैपनि हालतमा आफु उम्मेदवार बन्ने र जित्ने दाबी गर्नुभयो ।