२१ बैशाख २०८१, शुक्रबार 1714764638
राजनीति

सत्ता गठबन्धनका दलहरूसँग तालमेल गर्दैन : ईश्वर पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले आगामी निर्वाचनमा वर्तमान सत्ता गठबन्धनका कुनैपनि दलहरूसँग गठबन्धन नगर्ने बताउनु भएको छ ।

आज नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनु भएको हो ।

उहाँले एमालेले स्थानीय आवश्यकताको आधारमा तालमेल गरेपनि वर्तमान गठबन्धनको जस्तो केन्द्रीय तहको गठबन्धन नगर्ने स्पष्ट पार्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले स्थानीय आवश्यकता अनुसार गठबन्धन नभएर प्रगतिशिल विचार र राष्ट्रवादी विचार मिल्ने पार्टीहरूसँग राजनीतिक सहकार्य हुनसक्ने बताउनु भयो।उहाँले स्थानीय आवश्यकताको आधारमा एमालेले २०४८ सालदेखि तालमेल गर्दै आएको बताउनु भयो ।  

 उहाँले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान अहिलेको सत्ता गठबन्धनको घिन लाग्दो नौटङ्कीको नयाँ च्याप्टर प्रदर्शन भएको टिप्पणी गर्नुभयो । पोखरेलले  प्रधानन्यायाधीशको विषयमा महाअभियोग बहुमतको आडमा ६ महिनापछि झरो टार्ने काम गरिरहेको दाबी गर्नुभयो ।