७ बैशाख २०८१, शुक्रबार 1713551459
समाचार

३०० जना कोरोना संक्रमित थपिए

काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्  ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ५९० कोरोना परीक्षण गर्दा ३ सय जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा १७७ र दुई हजार ६०९ एन्टिजेन परीक्षण गर्दा १२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२४ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्युदर शून्य रहेको छ ।

हाल देशभर कुल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४५७ रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा तीन लाख ५९ हजार ६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।