७ बैशाख २०८१, शुक्रबार 1713526344
अर्थ

नेप्से परिसूचक ४.२९ अङ्कले गिरावट

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ ।  आइतबार सामान्य अङ्क बढेर बन्द भएको नेप्से परिसूचक आज ४.२९ अङ्क घटेर १९७३.०१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८२ अङ्क, फ्लोट इण्डेक्स ०.३६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अङ्क घटेको छ ।

आज कारोबारमा आएका २२४ कम्पनीको २४ लाख ४४ हजार कित्ता शेयर ९० करोड ९९ लाख चार हजार रुपियाा बराबरको खरिद बिक्री भएको छ । हिजोको कारोबारमा एक अर्बभन्दा बढीको शेयर खरिद बिक्री भएको बजारमा आज ९० करोड बराबरको मात्रै कारोबार भएको छ ।

आज नेप्सका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको घटेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०४ प्रतिशत र लघुवित्त उपसमूहको ०.०६ प्रतिशत बढेको छ । तर यता अन्य उपसमूहको परिसूचक १.०४ प्रतिशत र वित्तको ०.५९ प्रतिशत घटेको छ ।

नेप्से सामान्य अङ्कले घटेपनि मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर मूल्य ७.४३ प्रतिशत बढेको छ । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स र रिडी पावरको शेयर मूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ । तर यता रुरु जलविद्युत परियोजनाको ६.५५ घटेको छ । सोमवार रिडी पावर कम्पनीको नौ करोड ९६ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।