१९ माघ २०७९, बिहीबार 1675322268
Banner

पर्यटनमन्त्रीले थुनाएका सुरक्षा गार्ड तारेखमा छुटे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त भएका छन् ।

सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएको जनाएको छ ।

शुक्रबार श्रीमतीसहित क्यानडाको भिषाका लागि सेन्टरमा पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षामा खटिएका गुरुङले लाइनमा बस्न आग्रह गर्दा मन्त्रीमाथि दुर्व्यवहार भएको आरोप लगाएर पक्राउ गरिएको थियो । चौतर्फी विरोध भएपछि गुरुङलाई आज रिहा गरिएको हो ।