८ बैशाख २०८१, शनिबार 1713599407
Banner

प्रतिनिधिसभा निर्वाचनमा उदयपुर क्षेत्र नम्बर १ बाट चार जनाको नाम सिफारिस


काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा सदस्यका लागि उदयपुर क्षेत्र नम्बर १ बाट चार जनाको नाम सिफारिस भएको छ ।
सोमबार बसेको जिल्ला कमिटिको बैठकले उम्मेदवारमा सहमति जुट्न नसकेपछि ४ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो।

जिल्लाको क्षेत्र नम्बर १ बाट एमाले पोलिटब्यूरो सदस्य मञ्जुकुमारी चौधरी, एमाले प्रदेश १ कमिटी सदस्य डा. देवराज रोका (कल्याण), प्रदेश कमिटी सदस्यहरु विमल कार्की र सुरेश तामाङ सिफारिस हुनुभएको छ ।

मञ्जुकुमारी चौधरी यसअघि पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुभएको थियो । कांग्रेस नेता तथा परराष्ट्र मन्त्री नारायण खड्कासँग उहाँ पराजित हुनुभएको थियो । त्यस्तै डा. कल्याण रोका युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष हुनुहुन्छ । बेरोजगार युवालाई रोजगार दिलाउन सक्रिय रोका आफू पहिलो नम्बरको दाबेदार भएको बताउनुहुन्छ ।
त्यस्तै विमल कार्की प्रदेश सांसद हुनुहुन्छ । अघिल्लो प्रदेश सभा चुनावमा उदयपुर क्षेत्र नम्बर १ मा रहेको दुई क्षेत्र मध्ये कार्की (क) बाट निर्वाचित हुनुभएको थियो।