११ बैशाख २०८१, मंगलवार 1713916660
राजनीति

भक्तपुर– २ मा एमालेबाट महेश बस्नेतको एकल नाम सिफारिस


भक्तपुर । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ का लागि नेकपा एमालेबाट पोलिटब्युरो सदस्य महेश बस्नेतको सर्वसम्मत एकल नाम सिफारिस भएको छ।

भक्तपुर क्षेत्र नं. २ का वर्तमान प्रतिनिधिसभा सदस्य बस्नेत पार्टीभित्र र बाहिर पनि भक्तपुरमा लोकप्रिय नेताका रुपमा चिनिनुहुन्छ । नेता बस्नेतले ०७४ को निर्वाचनमा पनि कांग्रेसलाई दोब्बर मतको भारी अन्तरले पराजित गराउनुभएको थियो । यसभन्दा अघि निर्मल भट्टराईले उम्मेदवारको टिकटको लागि इच्छा व्यक्त गरेता पनि एमालेको केन्द्रीय नीति अनुसार जनप्रीयताको आधारमा नेता बस्नेतको नाम सर्वसम्मत गरिएको एमालेले जनाएको छ । गठबन्धनलाई पराजीत गराउन तथा राष्ट्रिय राजनीतिलाई समेत नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएका नेता बस्नेतले भक्तपुरको लागि मात्र नभई मुलुककै राजनीतिक मियो भएकाले वर्तमान अवस्था तथा गठबन्धनलाई पराजित गर्नको लागि उहाँको विकल्पमा नभएको एमालेको धारणा रहेको छ ।