२० माघ २०७९, शुक्रबार 1675477603
Banner

झापा क्षेत्र नं ५ बाट एमाले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस


झापा – नेकपा एमालेले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनको संघीय साँसदका लागि झापाको क्षेत्र नं ५ बाट एकल नाम सिफारिस भएको छ ।

क्षेत्रीय समन्वय कमिटीको आज बसेको बैठकले अध्यक्ष ओलीलाई सर्वसम्मत रुपमा संघीय साँसदका लागि सिफारिस गर्ने निर्णय भएको क्षेत्रीय संयोजक तुलसी कार्कीले जानकारी दिनुभयो ।