२१ बैशाख २०८१, शुक्रबार 1714762107
Banner

बेलायतले आज नयाँ प्रधानमन्त्री पाउने

लण्डन । बेलायतले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले पार्टीभित्रको अन्तरसंघर्षका कारण राजिनामा दिएपछि सत्तारुढ कञ्जरभेटिभ पार्टीभित्र नयाँ नेता चयन हुन समय लाग्ने भएकाले सेप्टेम्बर ५ मा नयाँ प्रधानमन्त्री चयन हुने भएको हो । बेलायतमा सत्तारुढ पार्टीका नेता नै प्रधानमन्त्री बन्ने नियम छ ।

बीबीसीका अनुसार, कञ्जरभेटिभ पार्टीको नेता बन्न उम्मेदवारी दर्ता गर्नेमा केमी ब्याडेनोक, सुएला ब्रेभरम्यान, जेरेमी हन्ट, पेनी मोर्डन्ट, ऋषि सुनाक, लिज ट्रस, टम टुगेन्डहट र नदिम जहावी छन् । चर्चामा रहेका साजिद जाविद, ग्रान्ट स्याप्स्, रेमन चिष्टी, प्रिटी पटेल आदि भने पर्याप्त समर्थन नजुट्ने देखेपछि अन्तिम समयमा दौडबाट बाहिरिएका छन् । प्रधानमन्त्रीको दौडमा पेनी मोर्डन्ट, ऋषि सुनाक, लिज ट्रसलगायत नेता अग्रस्थानमा रहेको बताइन्छ ।

विभिन्न चरणमा सांसदहरूकै मतदानबाट अन्तिम दुईसम्म पुग्न सफल हुने दाबेदारलाई भने कन्जरभेटिभ पार्टीका सबै सदस्यले मत दिन पाउने व्यवस्था छ । उक्त चरणमा विजेता हुने पार्टीको नेता बन्दै बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछन्।