२० माघ २०७९, शुक्रबार 1675479148
Banner

सत्ता गठबन्धनमा आजपनि टुंगिएन सिट बाँडफाँट

काठमाडौँ — सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ । गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषयमा आइतबारको बैठकमा पनि सहमति हुन सकेन ।

कार्यदलका एक सदस्यका अनुसार अब सोमबार र मंगलबार कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलको बैठकले सिट बाँडफाँटबारे छलफल गर्नेछ । साथै बुधबार बिहान ११ बजे शीर्ष नेताहरूको बैठक फेरि बस्ने भएको छ ।

उक्त बैठकमा कार्यदलले आफ्नो निष्कर्ष सुनाउने बताइएको छ । आगामी मंसिरमा हुने निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटको विषयमा पटकपटक बैठक बसे पनि सहमति हुन सकेको छैन ।