६ बैशाख २०८१, बिहीबार 1713466994
राजनीति

पर्यटनमन्त्रीलाई लाइनमा बस्नुस् भन्दा पक्राउ परे सुरक्षागार्ड

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस भन्नेनेकै कारण एकजना सुरक्षागार्डपक्राउ परेका छन् ।

शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई  सुरक्षागार्डले लाइनमा बस्न अनुरोध गरेका थिए । 
पक्राउ पर्नेमा ‘ग्रुप फोर सेक्युरिटी’ अन्तर्गत छायाँ सेन्टरमा कार्यरत शेरजंग कुँवर रहेका छन् ।  

कुँवरले पर्यटनमन्त्री श्रेष्ठ छायाँ सेन्टर पुगेका बेला अन्य व्यक्तिहरु जस्तै लाइन बसिदिन आग्रह गरेका थिए । निजी सुरक्षा अधिकृत (पीएसओ)सहितका गएका पर्यटनमन्त्री श्रेष्ठ त्यहाँबाट अगाडि जान खोज्दा उनले रोकेका थिए । लगत्तै पीएसओले उनी मन्त्री भएको बताए पनि कुँवरले ‘जो भए पनि लाइन’मा आउनुस् भनेका थिए । यही विषयलाई लिएर मन्त्रालयले कुँवर विरुद्घ प्रहरीमा जाहेरी  दिएसँगै उनी पक्राउ परेका हुन्  ।