१३ बैशाख २०८१, बिहीबार 1714069788
समाचार

दाङ-२ बाट एमालेका महासचिव पोखरेल एकल उम्मेदवार सिफारिस

दाङ – नेकपा एमाले महासचिव शंकर पोखरेल दाङ क्षेत्र-२ बाट एकल उमेद्वार सिफारिस भएका छन् ।

आज बसेको २ नम्बर क्षेत्रीय कमिटी बैठकले प्रतिनिधिसभा सदस्यमा महासचिव पोखरेलको एकल नाम सिफारिस गर्दै सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

महासचिव पोखरेल २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यका लागि क्षेत्रनम्वर २ (क) बाट निर्वाचित हुनु भएको थियो ।