८ बैशाख २०८१, शनिबार 1713624912
Banner

नेपालमा आज थप ६ सय ८० जनामा कोरोना संक्रमण

काठमाडौँ, ३ फागुन। आज नेपालमा कोरोना भाइरसका ६ सय ८० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७४ हजार ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज १ हजार ८ सय ३५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ४२ हजार ७ सय ३७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ७ हजार ९५ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।