८ बैशाख २०८१, शनिबार 1713651560
Banner

चुनावपछि सडकमा जान्छु : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि सडकमा जाने घोषणा गरेका छन् ।

निर्वाचन र शासन प्रणाली बदल्नुपर्ने भन्दै उनले आगामी चुनावपछि आफू सडकमा जाने बताएका हुन् । प्रचण्डले भने, ‘हेरिरहनु होला चुनावपछि म सडकमा जान्छु । समाजवादमा जाने जुन परिकल्पना मैले गरेको छु त्यसका लागि यो मेसिनरी बदल्न जरुरी छ । शासन प्रणाली र चुनाव प्रणाली बदल्न जनतामा जानुको विकल्प छैन र त्यो आन्दोलन हुनेछ । हेर्नुहोला त्यो कसरी हुन्छ । हामीबाहेक अरुले सक्दैनन्, अरुले गर्ने आन्दोलन त प्रतिगमन हो ।’

समाजवादको नेपाली मार्गचित्र विषयक कार्यक्रममा प्रचण्डले चुनाव प्रणाली बदल्न सडकमा जाने बताएका हुन् ।