२५ माघ २०७९, बुधबार 1675885649
Banner

राजीनामा दिदै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भने,‘आगामी चुनावबाट एक्लो सांसद होइन, बलियो पार्टी बनाएर आउँछु’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद पदबाट राजीनामा दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

लिङ्देनले भने, ‘निर्वाचनको मिति घोषणापछि चुनावी सरकार गठन गर्नुपर्ने हो । यो सरकारले निष्पक्ष चुनाव गर्ने ग्यारेन्टी छैन । त्यसमाथि संसदको म्याद फागुनसम्म लैजानेगरी जसरी कानून नै संशोधन गर्न खोजिदैछ त्यो निर्लज्ज कुरा हो । मैले एक्लै रोक्न सक्दिन,त्यसैले राजीनामा दिने निष्कर्षमा पुगेको हुँ ।’ उनले राजीनामा दिदै भने, ‘आगामी चुनावबाट एक्लो सांसद होइन, बलियो पार्टी बनाएर आउँछु ।