१३ बैशाख २०८१, बिहीबार 1714109371
Banner

जबरासँगको आजको बयान सकियो, भदौ २५ मा फेरि लिइने


काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भदौ २५ गते दिउँसो १२ ः ३० बजे बयानका लागि फेरि बोलाएको छ । आइतबार समितिले जबरासँग थप पाँच प्रश्न सोधेको थियो। योसहित समितिले जबरालाई ११ प्रश्न सोधेको छ । यसअघि बयानको पहिलो दिन गत बुधबार र बिहीबार गरी ११ प्रश्न सोधेको थियो। बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन् । जसमध्ये ११ वटा प्रश्नको जबराले बयान दिएका छन्।

आजको बैठकमा जबराले आफूमाथि लगाइएको महाभियोग भ्रामक र निर्थक भएको बताएका थिए। संविधानको पालना गर्दागर्दै पनि राजनीतिक दलहरुले विज्ञप्ति निकालेर आफूमाथि प्रतिशोध साँध्न खोजेको आरोप लगाए। उनले महाभियोग लगाएको साढे ६ महिना वितिसक्दा पनि यसको जवाफ पाउन नसकेको धारणा व्यक्त गरे। न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबन्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको छ। उनीमाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ।