८ बैशाख २०८१, शनिबार 1713596000
Banner

बारामा उद्योग लुट्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान

वीरगञ्ज । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको हो ।

डाँका समूहले एक राउण्ड फायर गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

भाग्ने क्रममा दुई जना डाँकालाई प्रहरीले पक्राउ गरेको छ । बाराका प्रमुख प्रहरी तथा एसपी होबिन्द्र बोगटीले दुई जना डाँका पक्राउ परेको तथा घटनास्थलबाट बन्दुक, कटुवा पेस्तोल र तीन राउण्ड गोली पनि बरामद भएको जानकारी दिनुभयो ।

घटनास्थलबाट प्रहरीले घरेलु बन्दुक तथा थान कटुवा पेस्तोल एकरएक थान र तीन राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेका दुई जना डाँकालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।