१३ बैशाख २०८१, बिहीबार 1714080225
राजनीति

नेपाल बुद्धिजीवी परिषद् काठमाडौंले ‘नेपालको अर्थतन्त्र विगत र वर्तमान’ विषयक विचार गोष्ठी गरयो

काठमाडौं । नेपाल बुद्धिजीवी परिषद् काठमाडौंले वरिष्ठ अर्थविद्हरुको संहभागितामा नेपालको ‘अर्थतन्त्र विगत र वर्तमान’ विषयक विचार गोष्ठी शनिबार आयोजना ग-यो । कार्यक्रममा दुईवटा कार्यपत्र प्रस्तुत भएका थिए । नेपाल सरकारका पूर्वसचिव रामशरण पुडासैनी र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिव अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रको पूर्वअर्थ सचिव गोविन्द नेपाल र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक केशव आचार्यले टिप्पर्णी गरेका थिए ।

नेपाल बुद्धिजीवी परिषद् काठमाडौं शाखाका सचिव डा. देवी प्रधानले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि पोखरेलले गठबन्धन सरकारले मुलुकमा स्थायित्व र समृद्धि नदिने बताए । उनले मुलुकको राजनीति दुई धु्रवमा विभाजित भएको र समृद्धि र अग्रगामी समूहको नेतृत्व नेकपा एमालेले गर्ने तथा दक्षिणपन्थीको नेतृत्व कांग्रेसले गर्ने बताए ।

काठमाडौं मोर्गन कलेज बसुन्धराको ईन्जिनियरिङ ब्लकमा आयोजना गरिएको कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वार पोखरेल सहभागिता रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता नेपाल बुद्धिजीवी परिषद् काठमाडौं शाखाका अध्यक्ष प्रा.डा. ओम बराल, कार्यक्रममा विशिष्ट अतिथि नेपाल बुद्धिजीवी परिषद्का कार्यवाहक अध्यक्ष डा. विधान आचार्य रहेका थिए ।