२५ माघ २०७९, बुधबार 1675884204
Banner

भक्तपुर क्षेत्र २ को लागि एमालेबाट महेश बस्नेत र निर्मल भट्टराईको नाम सिफारिस

भक्तपुर – नेकपा एमालेले भक्तपुर क्षेत्र–२ को प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनको लागि पोलिटब्यूरो सदस्य महेश बस्नेत र निर्मल भट्टराईको नाम सिफारिस गरेको छ ।

एमाले भक्तपुर क्षेत्र–२ क्षेत्रीय निर्वाचन समितिको शनिबार बसेको बैठकले बस्नेत र भट्टराईको नाम प्रतिनिधिसभा उम्मेदवारको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

नेता बस्नेत २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई दोब्बर मतले पराजित गर्दै संघीय सांसद बन्नुभएको थियो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभामा बस्नेतले नै टिकट पाउने सम्भावना रहेको एमाले भक्तपुरका नेताहरु बताएका छन् ।

क्षेत्र नं १ को लागि भने शनिबार ३ बजे बस्ने क्षेत्रीय कमिटी बैठकले निर्णय गर्ने भएको छ ।