२५ माघ २०७९, बुधबार 1675873952
Banner

कलाकार उद्धव भट्टराई (जुङ्गे) को निधन

काठमाडौं । कलाकार उद्धव भट्टराई (जुङ्गे) को निधन भएको छ । जन्मथलो बैतडीबाट काठमाडौं आउने क्रममा भट्टराईको चितवनमा आफू सवार बसमै निधन भएको जानकारी प्राप्त भएको छ । ६६ वर्षका भट्टराई लामो समयदेखि दमको रोगबाट पीडित थिए । आर्थिक अभावका कारण उनको उपचार राम्रोसँग हुन पाएको थिएन । लामो जुंगाका कारण भट्टराई जुङ्गे उपनामले पनि चर्चित थिए ।

‘सन्तान’बाट कलाकार र कस्टुम डिजाइनरको रुपमा करिअर थालेका उनले पछिल्लो पटक फिल्म ‘मेरी मामु’मा कला निर्देशकको रुपमा काम गरेका थिए ।भट्टराईले करिब ४ सय चलचित्रमा अभिनय गरेका छन् । भट्टराईको निधनमा नायिका करिश्मा मानन्धर, मिथिला शर्मा , दिपक राज गिरि लगायतका कलाकारहरुले श्रद्धान्जली व्यक्त गरेका छन् ।