७ बैशाख २०८१, शुक्रबार 1713577158
विचार

चुनावी गीत : प्रधानमन्त्री ओली चाहियो सबै भन्न थाले

चौहत्तरको चुनावले विकास खोलिदियो ।
केपी बाको सरकारले चुच्चे नक्सा ल्यायो ।।
देशको स्वाभिमान पनि केपीले नै राखे ।
त्यसैले त ओलीलाई यिनले लखेटे ।।

आखिरमा बदमासले दसी प्रमाण छाडे ।
देशघातीको सबै पोल चोलेन्द्रले खोले ।।
प्रधानमन्त्री ओली चाहियो सबै भन्न थाले
स्वतन्त्रको नारामा हामी भुल्नुहुन्न ।
नयाँ नयाँ षडयन्त्रमा अब फस्नु हुन्न ।।
देशघातीले देशलाई धरापमा पारे ।
लोकतन्त्र गणतन्त्रको बदनामै गरे ।।

दलाल नेता मिली गठबन्धन गरे ।
मिलीजुली आफैँ खान सरकार बनाए ।।
सुन्दर नेपाल आमालाई पसलमा थापे ।
देशै बेचीखानलाई अब यिनले आँटे ।।
कम्युनिस्ट प्रधामन्त्री मनमोहन थिए ।
आफ्नू गाउँ बनाउने नीति उन्ले ल्याए ।।
बाआमालाई भत्ता पनि उनैले दिलाए ।।
एमालेले नै रहेछ देशको भलो पार्टी ।।
स्वतन्त्रको नारामा भुल्नु हुन्न साथी ।
एमालेले धेरै पटक देशको सेवा ग¥यो
जनहित र उद्धार यही पार्टीले ग¥यो ।

(विराटनगर १६,निवासी लेखक महानगरकी अगुवा महिला नेतृ हुन् ।)