८ बैशाख २०८१, शनिबार 1713620686
राजनीति

धनुषाबाट नेता निधिको नाम समानुपातिकमा सिफारिस

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको नाम धनुषाबाट सिफारिस भएको छ ।

नेता निधिलाई धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधिसभाका लागि समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नीतिशकुमार गुप्ताले जानकारी दिनुभयो । यसअघि २०७४ सालको निर्वाचनमा निधि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोसँग पराजित हुनुभएको थियो ।