१९ बैशाख २०८१, बुधबार 1714620735
Banner

नेपाल–भारत सीमानाका आजबाट खुल्यो

बैतडी । बैतडीमा चारदिनदेखि बन्द रहेको नेपाल–भारत सीमानाका मंगलबारबाट खुलेकोछ ।

भारतको उत्तराखण्ड राज्यमा फागुन २ गते भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएकोथियो ।

बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुबै देशको सहमतिको आधारमा नाका बन्द गरिएकोथियो ।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नु परेमा आपसी सहमतिमा खोल्न सकिने बताइएकोथियो ।