१३ बैशाख २०८१, बिहीबार 1714057078
Banner

गोलबजारमा इनारभित्र करेन्ट लागेर बाबुछोराको मृत्यु

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका ६ मा इनारभित्रै करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४२ वर्षीय बिजय साह र उनका १९ वर्षीय छोरा अमर साह छन् । बुबा विजयलाई करेन्ट लागेपछि छोरा अमर छुटाउन गएका थिए । सो क्रममा अमरलाई पनि करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए । उनका अनुसार इनारभित्र जडान गरिएको मोटर बिग्रेपछि मर्मत गर्न भित्र छिरेका थिए । सो क्रममा करेन्ट लागेको हो।

मृतक बाबु–छोराको शव पोष्टमार्टमका लागि लहान अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।