१३ बैशाख २०८१, बिहीबार 1714094649
पालिका

त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा राखेको डिजिटल होर्डिङ बोर्ड काठमाडौं महानगरले हटायो

काठमाडौं । त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड काठमाडौं महानगरपालिकाले बन्द गराएको छ । वर्ल्ड ट्रेड सेन्टरले अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको महानगरले जनाएको छ ।

नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्ड हटाउन थालेको हो ।