११ बैशाख २०८१, मंगलवार 1713888937
Banner

दलहरुले आ–आफनो अडान नछोडेपछि सिट बाँडफाँडमा किचलो, बैठक आजपनि बस्र्दै

काठमाडौं । सत्तारुढ गठबन्धनमा सीट बाँडफाँडमा किचलो शुरु भएपछि दलहरुबीच सहमति जुटन सकिरहेको छैन । पाँच दलीय सत्तागठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा पटक पटक छलफल भएपनि सहमति निस्क्न नसकेको हो ।

प्रधानमन्त्री निवास बालुवाटरमा गठबन्धनको कार्यदलसहित बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो । साथै बैठक आज बिहान ११ बजे पुनः बस्ने सहमति भएको उहाँले बताउनुभयो ।

बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका छन् । दलहरुले आ–आफनो अडान नछोडेपछि बैठक बिनानिश्कर्ष टुंगिएको थियो । सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ ।