४ जेष्ठ २०८१, शुक्रबार 1715944123
खेलकुद

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज ११ औँ चरणका खेल सुरु हुँदै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज ११ औँ चरणका खेल सुरु हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने खेलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लब भिड्दैछन्। सोही समयमा एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा जावलाखेल र फ्रेन्ड्स क्लब भिड्दैछन्।

१० खेलबाट जम्मा ५ अंक जोडेर अन्तिम स्थानमा रहेको च्यासल रेलिगेशनबाट जोगिन आज जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिँदा ब्रिगेड ब्वाइज पनि रेलिगेशनबाट जोगिन स्पष्ट ३ अंकको खोजीमा हुनेछ। ब्रिगेडको समान १० खेलबाट ६ अंक छ। यस्तै जारी लिगमा जावलाखेल १० खेलबाट ९ अंक जोडेर ११ औँ स्थानमा छ। 

त्यसैगरी अन्तिमबाट तेस्रो स्थानमा रहेको फ्रेन्ड्स क्लबले समान १० खेलबाट ६ अंक जोडेको छ। रेलिगशनको जोखिममा रहेको फ्रेन्ड्स पनि आज स्पष्ट ३ अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रिँदैछ। जारी लिगमा १० खेलबाट २६ अंक जोडेर मछिन्द्र पहिलो र २० अंक जोडेर मनाङ मर्स्याङ्दी दोस्रो स्थानमा छन्।