२५ माघ २०७९, बुधबार 1675883384
Banner

बुटवल-पाल्पा सडक अवरुद्ध

पाल्पा- सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवल सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । गएराति परेको वर्षाका कारण तिनाउ-३ झुम्सा र हेडबक्स नजिकै ढुंगा सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडक भाँसिदा एकतर्फी मात्र सञ्चालन रहेको सो सडकमा माथिबाट लेदो सहितको पहिरो खसेपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी विरेन्द्र थापाले जानकारी दिनुभयो ।

पहिरो पन्छाएर सडक सुचारू गर्न डिभिजन सडक कार्यालयको स्काभेटर परिचालन भएको डिएसपी थापाले जानकारी दिनुभयो । सडक अवरुद्ध बन्दा गएराति दुई बजेबाट दुईतर्फी नै सवारी आवागमन बन्द भएको जिल्ला ट्राफिक प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा पाल्पा हुँदै बुटवल जाने र बुटवल हुँदै पाल्पा अर्घाखाँची, गुल्मी स्याङ्जा जाने सवारी र यात्रुबीच बाटोमै रोकिएका छन् ।