१३ बैशाख २०८१, बिहीबार 1714099638
कला/साहित्य

रेखा थापा मोरङ-३ बाट उम्मेदवार सिफारिस

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले प्रतिनिधिसभाको आगामी निर्वाचनमा प्रत्यक्षतर्फ लड्ने तयारी गर्नुभएको छ ।

गृहजिल्ला मोरङको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनको लागि रेखा थापालाई उम्मेदवार सिफारिस गरेको छ। रेखाको घर सुन्दरहरैंचा मोरङ क्षेत्र नम्बर ३ मा पर्छ । क्षेत्र नम्बर ६ मा पनि उहाँ उम्मेदवार बन्ने चर्चा छ । यद्यपि उहाँ उम्मेदवार बन्ने निर्वाचन क्षेत्रको टुंगो लागिसकेको छैन । नेकपा एमालेसँग तालमेल भए मात्रै रेखा थापा उम्मेदवार बन्ने उहाँ निकटहरु बताउँछन्।