७ बैशाख २०८१, शुक्रबार 1713519123
Banner

महानगरले न्युरोडको सुरज अर्केडका अनधिकृत संरचनामा राखिएका पसल हटायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउन बेसमेन्टमा राखिएका पसलहरू खाली गराएको छ । पसल खाली गरेपछि अवैध संरचना भत्काउने महानगरको तयारी छ ।

महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर बालेन साह आफैं पुगेर ठाउँका संरचनाहरू भत्काएका थिए ।

हिजो रत्नपार्कको सब–वेमा महानगरपालिकाले डोजर चलाएको थियो। केहीदिनदेखि नयाँ बानेश्वर, शंखमुल, सुन्धारा न्यूरोड लगायतका क्षेत्रका अवैधानिक संरचना धमाधम महानगरपालिकाले भत्काइरहेको छ।