१२ बैशाख २०८१, बुधबार 1713986502
समाचार

२०२ जनामा कोरोना संक्रमण,१ जनाको मृत्‍यु

थप २०२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९६ हजार ८३४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ३१३ जना रहेका छन । मन्त्रालयका अनुसार १ जनाको मृत्‍यु भएको छ ।

मन्त्रालयका अनुसार ४६२ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८१ हजार ५२१ जना रहेको छ । पछिल्लो २४ घण्टामा एक जना मृत्यु भएको छ । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार जना रहेको मन्त्रालयले जनाएको छ ।