२५ माघ २०७९, बुधबार 1675882538
Banner

काठमाडौं महानगरले भत्काउन थाल्यो भोटाहिटीको अवैध संरचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोटाहिटी क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ ।

महानगरको अवैध संरचना भत्काउने अभियानअन्तर्गत नगर प्रहरीको टोलीले भोटाहिटीमा काम सुरु गरेको हो ।

महानगरले भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने अभियान नै सञ्चालन गरिएको छ । 

सबवेभित्रका ७ वटा बाहेकका सबै सटर अवैध भएकाले हटाइने महानगरपालिकाले जानकारी दिएको छ ।  यो सब-वेमा पैदलयात्रु हिँड्रन सकस हुने गरी काठमा संरचना थपेर पसलहरू राखिएका छन् ।