१२ बैशाख २०८१, बुधबार 1713989407
समाज

२४ घण्टामा २१७ सङ्क्रमित थपिए, दुई जनाको मृत्यु

काठमाडौं, पुस ७ गते । पछिल्लो २४ घण्टामा २१७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

सात हजार २३३ जनामा पीसीआर परीक्षण गरिएकोमा २१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चार हजार जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २७२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७९ पुगेको छ ।

यसैगरी देशभर हालसम्म पाँच हजार १८५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।