१३ बैशाख २०८१, बिहीबार 1714063475
खेलकुद

फिफाद्वारा भारतमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।

फिफाले शुक्रबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । यससँगै भारतले अब आगामी अक्टोबरमा हुने १७ वर्ष मुनीको महिला विश्वकप खेल्न पाउने भएको छ। सो प्रतियोगिता आगामी ११-३० अक्टोबरमा भारतमै हुनेछ।

त्यस्तै भारतले अब नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा पनि भाग लिन पाउने छ।

फिफाले अगष्ट १५ मा एआईएफएफमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो।