१३ बैशाख २०८१, बिहीबार 1714102203
समाचार

हुप्सेकोटमा स्वास्थ्य शिविर

निजामती सेवा दिवसको अवसर पारेर पूर्वी नवलपरासीको हुप्सेकोटमा तीन दिने स्वास्थ्य शिविर सुरु भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारी अस्पतालको आयोजनामा सुरु भएको शिविरमा करिब पाँचहजार बिरामीले सेवा लिने जनाइएको छ ।

शिविरमा निजामती कर्मचारी अस्पताल काठमाडौँ र भरतपुर अस्पताल चितवनका ५० बढी चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा दिने निजामती कर्मचारी अस्पताल काठमाडौंका आर्थिक तथा प्रशासान विभाग प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।

सापकोटाका अनुसार शिविरमा स्त्री तथा प्रसूति, हाडजोर्नी, छाला, पेट, दन्त, नाक, कान, घाटी, मुटु तथा रेडियोलोजी सम्बन्धी सेवाहरु निःशुल्क उपल्बध हुनेछ । सो शिविरको प्रधानमन्त्री तथा मन्त्रीपरिषदका कार्यालयका सचिव मधुुकुमार मरासिनीले शुक्रबार उदघाट्न गर्नुभयो ।