१३ बैशाख २०८१, बिहीबार 1714091958
Banner

स्वर्गीय बुवालाई संझिदै करिश्माले गरिन तीज अनि राजनीतिका कुरा (भिडियो)

काठमाडौं । चर्चित नायिका करिश्मा मानन्धर ३० बर्षदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय हुनुहुन्छ । कलाकारिता क्षेत्रमा सफल नायिका करिश्मा पछिल्लो समय नेकपा एमालेबाट राजनीति गरिरहनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वदायी क्षमताबाट प्रभावित बन्नुभएकी नायिका मानन्धर ओली राष्ट्रवादी र देशलाई आवश्यक नेता भएको बताउनुहुन्छ । ओली नेतृत्वको सरकारले विकास र समृद्धिमा फड्को मार्ने कार्य गरेको भन्दै नायिका मानन्धरले अबको अर्को एक कार्यकाल ओलीलाई निर्वाचित गराउन आग्रह गर्नुभयो । आफू एमाले प्रवेश गरेपछि बिभिन्न नकारात्मक टिप्पणी हुने गरेको भन्दै नायिका करिश्माले देशको हितका लागि सबैले योगदान गर्नुपर्ने बताउनुभयो । आफनो नाम उच्चारण गर्दा खाएको गाली अनि सामाजिक सञ्जालमा प्रयोग गरिने ‘झोले’ शब्दले आफूलाई दुख लाग्ने गरेको उहाँको भनाइ छ ।

सूचनाप्रेससँग नायिका करिश्मा मानन्धरले स्वर्गीय बुवाको सम्झना, तीजको अनुभव अनि राजनीतिक कुराकानी खुलेर गर्नुभएको छ ।