२५ माघ २०७९, बुधबार 1675874789
Banner

नागरिकता विधेयकमा यस्तो छ एमालेको धारणा


काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता समस्या समाधानका लागि नयाँ नागरिकता ऐन बनाउनु पर्ने प्रस्ताव गर्नुभएको छ । केन्द्रीय कमिटीको बैठकमा प्रष्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले सातवटा बुँदामा नागरिकता विधेयकका सम्बन्धमा आफ्नो दृष्टीकोण स्पष्ट पार्नु भएको छ ।

अध्यक्ष ओलीको प्रतिवेदनमा उल्लेख भएका सात बुँदा यस्ता छन्
१.नेपालको संविधानमा नागरिकता सम्बन्धमा गरिएका व्यवस्था कार्यान्वयन गर्न संसोधन मात्र पर्याप्त छैन । तसर्थ संसदबाट नयाँ ऐन निर्माण गरिनु पर्दछ ।
२.यसका लागि विगतमा संसदमा प्रष्तुत गरिएको नागरिकता विधेयक र सम्बन्धित समितीमा यस सम्बन्धमा भएका छलफल र निष्कर्षहरुलाई आधार बनाउनु पर्दछ ।
३.जन्मका आधारमा नागरिकता पाएका या जन्मसिद्ध नागरिकका सन्तानले बिना व्यवधान तत्काल नागरिकता पाउनु पर्दछ ।
४.गैर आवासीय नेपालीहरुलाई संविधानको भावना बमोजिम आर्थिक,सामाजिक र साँस्कृतिक अधिकार सहितको नागरिकता प्रदान गरिनु पर्दछ ।
५.बैबाहिक अंगिकृतहरुका हकमा निश्चित समयको अन्तरालपछि मात्रै नागरिकता पाउने र त्यस अवधीसम्म निजलाई बसोबासको लागि परिचय पत्र वितरण गर्ने र व्यावशाय लगायत कामका लागि सहज तल्याउनु पर्दछ ।
६.लैंगिक समानता,आमाको आत्मसम्मान,आमाको नाममा नागरिकता पाउने ,संवैधानिक प्रबन्धको कार्यान्वयन,प्रादेशिक र लैंगिक पहिचान लगायतका प्रश्नमा राष्ट्रपतिज्यूबाट उठाइएका गम्भीर प्रश्नमा गहन छलफल हुनुपर्दछ र सहमति निर्माणगरिनु पर्दछ ।