१२ बैशाख २०८१, बुधबार 1713981062
फिचर

एक गाग्री पानीका लागि रातभर जाग्राम

धादिङ- एक गाग्री पानीको लागि घण्टौँ हिड्नुपर्ने बाध्यता मात्र होइन कहिले त रातभरि जाग्राम बस्नुपर्ने बाध्यतामा दक्षिणी धादिङस्थित गुर्दमका स्थानीय परेका छन् ।

जिल्लाका अधिकाम्स स्थानमा सरकाले एक घर एक धारा अभियान चलाएको भए पनि सो क्षेत्रमा भने गाँउभरिका लागि पानीको श्रोत एउटा कुवा मात्र छ । जस्ले गर्दा सो क्षेत्रका स्थानीयले पिउने पानीको चरम समस्या भोग्नु परेको छ ।

पैँसठ्ठी घर परिवार बसोवास गर्दै आएका यो गाउँमा गाउँभरिकै लागी जम्मा एउटा मात्र पानीको कुवा छ ।

पानीको समस्याले गर्दा गाँउका धेरै घर परिवार त दुई-तीन घण्टाको बाटो हिँडेर खोला र खोल्सा धाउन बाध्य छन् ।

वर्षातको समयमा आकासको पानी जम्मा गरेर पिउने र अन्य घरायसी काममा पानीको आवाश्यकता पूरा गर्ने गरेको गुर्दमका स्थानीय बताउँछन् ।

पानीको सामस्या कै कारण त्यहाँका बालवालिकाहरुको पठनपाठनमा समेत निकै समस्या पर्दै आएको छ ।

घरका मुलीहरु र बालवालीकाहरु पिउने पानी बोक्न जानुपर्ने भएकोले गर्दा विद्यालय जना नपाउने समस्या पनि त्यतिकै छ । त्यसो त स्वास्थ्य र सरसफाइमा पनि पानीको अभावले गर्दा निकै समस्या उत्पन्न हुने गरेको छ ।

पशुपालनका लागि त झनै समस्या भएको बताउँदै गाई भैँसी त पाल्नै छाडेको कतिपय स्थानीयको भनाइ छ ।

अधिकांश तामाङ्ग समुदायको बसोवास रहेको गुर्दम गाउँमा तत्काल पिउने पानीको ब्यवस्थापनका लागि सरकाले पहल गर्नु पर्ने माग स्थानीयको छ ।