१३ बैशाख २०८१, बिहीबार 1714030627
समाचार

दुर्गमका विद्यार्थीलाई झोला प्रदान

ताप्लेजुङमा कार्यरत इन्जिनियरहरुले विद्यार्थीलाई झोला (स्कूल ब्याग) प्रदान गरेका छन् । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमको दुईवटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई इन्जिनियरहरुले झोला प्रदान गरेका हुन् । 

खेजेनिमस्थित शिबु आधारभूत विद्यालयका ४५ जना र चवाखु आधारभूत विद्यालयका ३० जना विद्यार्थीका लागि झोला उपलब्ध गराएको इन्जिनियर नन्दकुमार ओझाले जानकारी दिनुभयो । उक्त दुई विद्यालयमा कक्षा १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीका लागि झोला उपलब्ध गराइएको हो । झोला भने सम्बन्धित विद्यालयका विद्यार्थीलाई वितरण गर्नेगरी फक्ताङ्लुङका उपाध्यक्ष रबीन साम्रा (विकास) लाई एकमुष्ट हस्तान्तरण गरिएको छ ।

यता विपन्न तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्य राखेर आफूहरुले झोला उपलब्ध गराएको इन्जिनियर ओझाले बताउनुभयो ।