८ बैशाख २०८१, शनिबार 1713618058
Banner

त्रिवि शिक्षण अस्पतालबाट भागेका कैदी पक्राउ

काठमाडौैं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट फरार भएको कैदी पक्राउ परेका छन् । अस्पतालबाट फरार भएका रामेछाप पिल्पुङग गाउँपालिका वडा नं २ घर भएका ३१ वर्षीय भोला बुढाथोकीलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो ।

बुधबार टिचिङ अस्पतालमा उपचारका लागि लगिएका बुढाथोकी अस्पतालबाट भागेका थिए । नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार रहेको घटनाका सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन गरेको थियो । अध्ययन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको थियो । भागेका बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा रहेका थिए ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले कैदीबन्दी फरार रहेको भन्दै अनाश्रित गुल्म नख्खुका कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाइ कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ । घटनाको बारेमा आवश्यक छानबिन भइरहेको सो कार्यालयले जनाएको छ ।