२२ माघ २०७९, आईतवार 1675577584
प्रदेश

सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा आज पनि पानी पर्ने सम्भावना रहेको छ । आज बिहान देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश र मधेस प्रदेशका एकदुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।