२५ माघ २०७९, बुधबार 1675887465
Banner

समानुपातिकतर्फ भाग लिन चाहने दलहरुले भोलिदेखि निवेदन दिनुपर्ने

काठमाडौं- निर्वाचन आयोगले आगामी आमनिर्वाचनमा समानुपातिक तर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आग्रह गरेको छ ।

निर्वाचन आयोगले एक सूचना जारी गर्दै समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दललाई निवेदन दिन आग्रह गरेको हो ।

आसन्न मंसिर ४ गते हुने संघीय र प्रदेश चुनावमा भाग लिन १० देखि १२ गतेसम्म समानुपातिक तर्फ दल दर्ता निवेदन गरिसक्नु पर्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार समानुपातिक तर्फको निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलले समानुपातिक तर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्ने छ । निर्वाचन प्रयोजनका लागि ८४ राजनीतिक दलले आयोगमा दल दर्ता गरी सकेका छन् ।